| मङ्लबार, कार्तिक २४, २०८३

गोनपा १० मा अचार बनाउने तालिम सम्पन्न

गोरखा नगरपालिका वडा नम्वर १० का महिलाहरुलाई लक्षित गरी संचालन भएको अचार बनाउने तालिम सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमकाबीच तालिमको समापन गरिएको हो ।

गोरखा नगरपालिका वडा नं १० को आयोजना तथा मित्र गोरखाको प्राविधिक सहयोगमा तालिम संचालन भएको हो । एक हप्तासम्म संचालन भएको तालिममा २२ जना महिलाहरुले सक्रिय सहभागिता जनाएको गोरखा नगरपालिका वडा नं १० की वडा सदस्य साबित्रा पुलामी मगरले बताइन् ।

उनको अनुसार वडाले गत वर्ष पनि महिलाहरुलाई अचार बनाउने आधारभुत तालिम दिएको थियो । यो वर्ष गत वर्ष आधारभुत तालिम लिएकाहरुलाई लक्षित गरेर एडभान्स तालिम संचालन गरिएको उनले जानकारी दिइन् । ‘एडभान्स तालिम अन्तरगत महिलाहरुलाई लेबलिङ र प्याकेजिङ गर्न सिकाएका छौँ’, उनले भनिन् । महिलाहरुलाई उद्यमशील बनाउँदै आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम संचालन गरिएको उनको भनाई छ ।

मित्र गोरखाकी उपाध्यक्ष मिरा भट्टको अध्यक्षता तथा गोरखा नगरपालिका वडा नं १० का वडाअध्यक्ष प्रदिप कुँवरको प्रमुख अतिथ्यतामा भएको समापन कार्यक्रममा वडा नम्वर १० कि वडा सदस्य साबित्रा पुलामि, वडाका अन्य जनप्रतिनिधिहरु र स्थानियहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्