| मङ्लबार, कार्तिक २४, २०८३

तातोपानी–दोभान सडक अवरुद्ध हुने

बेनीघाट आरुघाट लार्केभन्ज्याङ सडक अन्तरगत तातोपानीदेखि दोभानसम्म सडक अवरुद्ध हुने भएको छ । तातोपानी नजिकैको उकालो सडकको लेवल मिलाउन ब्लाष्टिङ गर्नुपर्ने भएकाले जेठ ७ गतेबाट सडक अवरुद्ध हुने धार्चे गाउँपालिकाले जनाएको छ ।

अर्काे सूचना जारी नभएसम्म उक्त सडक खण्डमा सवारी आवतजावत पूर्ण रुपमा बन्द रहने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनायक तिमिल्सिनाले बताए । सो क्षेत्रमा हुने सडक अवरुद्धका कारण धार्चे गाउँपालिका वडा नम्वर १ हुल्चुक, वडा नम्वर ३ उहिया र समग्र चुमनुव्रीवासीहरु प्रभावित हुने छन् ।

सडक अवरुद्धका कारण सर्वसाधारणमा पर्न गएको असुविधा प्रति पालिकाले सार्वजनिक सूचना मार्फत क्षमा समेत मागेको छ ।

प्रतिक्रिया दिनुहोस्