| सोमवार, कार्तिक २३, २०८३

गोरखालाई अण्डामा आत्मानिर्भर बनाउँ

गोरखालाई अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ व्यवसायी कृष्ण केशी अहिले कुखुरापालनमा व्यस्त छन् । गोरखा नगरपालिका ८ आलेडाँडाका केशीको अहिले अकला कृषि तथा पोल्ट्री फर्ममा अहिले लेयर्स जातका कुखुरा खचाखच छन् ।

एउटा ब्लकमा पाँचहजार र अर्को छ हजार कुखुराहरु छन् । पाँचहजार वटा कुखुरा भएको खोरबाट दैनिक नियमित १२ देखि १३ पेटीसम्म अण्डा उत्पादन हुन्छन् । छ हजार वटा कुखुरा भएको खोरबाट नियमित दैनिक १७ देखि १८ पेटीसम्म अण्डा उत्पादन हुने गरेको छ । दुवैबाट गरी दैनिक करिब ३० पेटी अण्डा बजारमा जान्छ । गोरखा बजारमा दैनिक करिब ५० पेटी अण्डा खपत हुन्छ । अब यहाँ २० पेटी अण्डाको खाँचो छ ।

केशीले सञ्चालन गरेको फर्मबाट ३० पेटी उत्पादन हुने गरेको छ । बाँकी २० पेटी अण्डा उत्पादन गर्न करिब ६ हजार कुखुरा पाल्नु आवश्यक देखिन्छ । उनले कुखुरा पाल्नका लागि तेस्रो ब्लक पनि बनाइरहेका छन् । त्यहाँ यदि ६ हजार कुखुरा पाले भने गोरखा बजारको हालको आवश्यकता पूर्ति हुनेछ । गोरखामा अहिले एउटा फर्म गोरखा नपा ८ मा, अर्को गोनपा ११को तेह्रकिलोमा र अर्को गण्डकी गाउँपालिका २ फुजेलमा पनि पालिएको छ ।

अरु फर्मबाट उत्पादित अण्डा बाहिरि क्षेत्रतर्फ जाने गर्दछ । अहिलेसम्म गोरखालाई कुखुराको मासुमा आत्मनिर्भर भनेर घोषणा गरिएको थियो । अब अण्डामा पनि आत्मनिर्भर भयो भने यो सुखद हुनेछ । केशी बिगत १२ बर्षदेखि कुखुरा पालन व्यवसायमा चुर्लुम्म डुबेका छन् । जो यसरी डुब्छ, त्यो सफल पनि हुन्छ । उनले अहिलेसम्म नगरपालिका वा पशुसेवा विज्ञकेन्द्रबाट दिइने अनुदानका लागि प्रक्रिया पनि अघि बढाएका छैनन् । तसर्थ उनको कार्यशैलीको अनुशरण गरौँ । सफल ब्यवसायी बनौँ

प्रतिक्रिया दिनुहोस्