| सोमवार, कार्तिक २३, २०८३

बसपार्कमा धुलो मार्ने पद्धति अपनाऊ

गोरखा बसपार्क क्षेत्रको सडक व्यवस्थित गर्न गोरखा नगरपालिका र गोरखा सडक योजना कार्यालयले पहलकदमी थालेको छ । सडकलाई आठ मिटर फराकिलो बनाउने, फुटपाथ फराकिलो बनाउने र ढल निकासलाई पनि व्यबस्थित गर्न यी दुई निकाय लागि परेका छन् ।

गोरखा जिल्लाको अनुहार भनेको नै गोरखा बजार हो । गोरखा बजारको पनि बसपार्क क्षेत्र सबैभन्दा महत्वपूर्ण क्षेत्र मानिन्छ । अर्थात बसपार्क क्षेत्र गोरखा बजारको मुटु हो । यसको विकास जिल्लाको विकासको प्रतिविम्ब हो । त्यसैले यस क्षेत्रको विकास प्राथमिकतामा पर्छ ।

अहिलेको पहिलो चरणमा बसपार्कबाट करिब तीनसय मिटर तलसम्म सडक र फुटपाथ फराकिलो बनाउने र ढल निकास व्यवस्थित बनाउने काम सुरु गरिएको छ । घरवालाहरुले आँगनमुनि खनिएको सेफ्टीट्याङ्की व्यवस्थापन गर्न धेरै समय लागेकाले काममा ढिलाइ भयो । ढिलै भए पनि अहिले काम धमाधम सुरु भएको छ ।

तर सवारी साधन चल्दा धुलो उँडेर बसपार्क क्षेत्रका बासिन्दा, व्यापारी, ग्राहकहरु धेरै तनाबग्रस्त छन् । मान्छे, पसलका सामान सबै धुलोग्रस्त हुने गरेको छ । मानव स्वास्थ्य र सरसफाइमा ठूलो चुनौतिका रुपमा देखा परेको छ । यो योजना सम्पन्न भएपछि गोरखा बसपार्क क्षेत्र अत्यन्त सुन्दर, सफा र हराभरा बन्नेमा दुईमत छैन । तर अहिले काम भइरहँदा स्थानीयबासीमा ठूलो समस्या आइपरेको छ ।

यो समस्या पनि समाधानबाहिर छैन । कार्यान्वयन गर्ने तहले सोचबिचार पु¥याएर काम ग¥यो भने सहजै समस्या समाधान निस्कन्छ । त्यसका लागि के गर्नुपर्छ भन्नेबारे प्राविधिकहरुलाई एक से एक जानकारी छ । गर्ने प्रतिवद्धता मात्र ब्यक्त गर्नुपर्छ ।
कम्तिमा दिनमा तीनफेर धुलो मार्न पानी छर्कने काम ग¥यो भने पनि स्थानीयबासीमा ठूलो राहत महशुस हुनेछ ।

प्रतिक्रिया दिनुहोस्