| मङ्लबार, जेष्ठ ७, २०८२

लियो क्लव अफ गोरखाको ३८ औं अध्यक्षमा राज गुरुङ

लियो क्लव अफ गोरखाको ३८ औं अध्यक्षमा राज गुरुङ चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा प्रवीन उपरकोटी, द्वितीय उपाध्यक्षमा कोपिला गुरुङ, सचिवमा रचना बसेल, सहसचिवमा रवि बोगटी, कोषाध्यक्षमा ब्लेशन बयलकोटी र सहकोषाध्यक्षमा सलिना अछामी चयन भएका छन् ।

त्यस्तै जनसम्पर्क अफिसरमा पूजा थापा, सचेतकमा रविना रम्तेल टेमर वीरेन्द्र रोका चयन भएका छन् । सो साधारण सभामा लियो जिल्ला परिषद् ३२५ जे नेपालका अध्यक्ष लियो बालकृष्ण परियार, लियो क्लव अफ गोरखाका पूर्व अध्यक्ष तथा लायन्स क्लव अफ गोरखाका निर्वाचित अध्यक्ष अयोध्या जोशी, पूर्व अध्यक्ष यम बसेल लगायतले नयाँ टिमलाई शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा लियो क्लव अफ गोरखाले हालसालै निर्वाचित अध्यक्ष लियो बालकृष्ण परियारलाई सम्मान कार्यक्रम पनि सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्