
गोरखामा एक घर एक धारा कार्यक्रम सफल हुन चुनौतिपूर्ण
गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७७/०७८ देखि हरेक नागरिकको घरघरमा शुद्ध, सफा खानेपानीको ग्यारेण्टी गर्न ‘एक घर एक धारा’ कार्यक्रम लागु ग¥यो । गोरखास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सो कार्यक्रम कार्यान्वयन ग¥यो । कार्यक्रम सुरु भएको चार बर्ष पूरा भयो, तर अझै धेरै ठाउँका योजनाहरु सुरु भएर पनि अलपत्र भएको अबस्था छ ।
कयौँ गाउँबस्तीमा ठेकेदारले योजना अलपत्र पारेका छन् । कतिपय ठाउँमा स्थानीयबासी स्वयंले गर्नुपर्ने श्रमदान नगरेर योजना अलपत्र परेको छ भने कतिपयमा ठेकेदार गैह्रजिम्मेवार बनेका कारण योजना अलपत्र भएका छन् । कतिपय योजनाहरु बजेट अभावका कारण अघि बढाउन नसकेर अलपत्र बनेका छन् ।
कतिपय सम्पन्न भएर सञ्चालनमा आइसकेका योजनाहरु उपभोक्ताको लापार्बाहीका कारण जीर्ण भएका छन् । कुनै आधाजसो मात्र चालुमा छन् । सबै अस्तब्यस्त छन् भन्ने हाम्रो दाबी होइन, तर सरकारी अर्बौँ लगानी भइसकेको योजानारु बेस्याहार भएको, अलपत्र परेको, लक्ष्य पूरा हुने दिशातर्फ नगएको हुँदा यसप्रति सजग गराउन मात्र खोजिएको हो ।
गण्डकी गाउँपालिका ६ वनटारमा सञ्चालित एक धारा एक कार्यक्रम पनि बिगत लामो समयदेखि अलपत्र छ । घरघरमा धारा बनेका छैनन् । बनेका धारामा पानी झर्दैनन् । गाउँलेले श्रमदान गर्न नमानेपछि योजना अलपत्र परेको हो । ‘एक घर एक धारा’ कार्यक्रम अन्तरगत गोरखामा २०८०/०८१ सम्ममा ३३ हजार २१५ भन्दा धेरै घरहरुमा खानेपानीका धारा जडान भएका छन् ।
यो आँकडा जिल्लाको कूल लाभग्राहीमध्य यो ९१.५ प्रतिशत हो । कार्यक्रम लागु भएको पाँचबर्षको अवधिमा यो उल्लेख्य प्रगति भएको कार्यालयको दावी छ । आँकडा एकातिर हुन्छ, तर कार्य क्षेत्रको दृश्य अर्को पनि हुन्छ । तसर्थ चुनौति सामना गर्न डिभिजन कार्यालयले गहन अध्ययन गर्नु जरुरी छ ।




