
लियो जिल्ला परिषद ३२५ जे को अध्यक्षमा गोरखाका बालकृष्ण परियार
गोरखाका बालकृष्ण परियार लियो जिल्ला परिषद ३२५ जे नेपालको अध्यक्षमा निर्वाचित भएका छन् । क्लवको काठमाडौँमा सम्पन्न अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा काठमाडौँका आशिष थापा निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष परियारले बताए ।
यस्तै, सचिवमा पोखराका सहनशिल पौडेल, कोषाध्यक्षमा काठमाडौँका दानबहादुर थापा र प्रमुख क्षेत्रीय संयोजकमा काठमाडौँकी बिनिता बोगटीलाई मनोनियत गरिएको उनले जानकारी दिए । लियो जिल्ला परिषद ३२५ जेले राजधानी काठमाडौँ र गण्डकी प्रदेशका जिल्लाहरु समेटेको छ । जसमा ३५ भन्दा धेरै लियो क्लवहरु आवद्ध छन् ।




