| मङ्लबार, कार्तिक २४, २०८३

शहिद लखनको राधाकृष्ण मन्दिर पुनर्निर्माण

शहिद लखन गाउँपालिका–६ दार्चेमा रहेको राधाकृष्ण मन्दिर पुनर्निर्माण भएको छ । २०७२ सालको भूकम्पले क्षति पुगेको उक्त मन्दिर स्थानीयहरु आफैले पुनर्निर्माण गरेका हुन् । सोमवार एक कार्यक्रमकाबीच उक्त मन्दिरको उद्घाटन गरिएको छ । संघिय सांसद राजेन्द्र बजगाईले मन्दिरको उद्घाटन गरेका हुन् ।

कुल १६ लाख बजेटमा मन्दिर पुनर्निर्माण भएको निर्माण समितिका अध्यक्ष चुडामणि न्यौपानेले बताए । स्थानीयहरुबाट उक्त रकम संकलन गरिएको उनले जानकारी दिए । कार्यक्रमको अवसरमा सहयोगदाताहरुलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेश थापा मगर, वडा नम्बर ६ का अध्यक्ष दिलिपबाबु थापा मगर, वडा नम्बर ८ का वडा अध्यक्ष बासुदेव ढकाल, वडा नम्बर ३ का वडा अध्यक्ष दिपक पाण्डे, समाजसेवी नरहरी न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्