| मङ्लबार, कार्तिक २४, २०८३

लार्के पासको क्रममा मृत्यु भएका बेलायती नागरिकको शव हेलिबाट काठमाडौं लगियो

लार्के पास गर्ने क्रममा मृत्यु भएका बेलायती नागरिक थोम्सन आयनको शव हेलिकप्टरबाट काठमाडौं लगिएको छ । सोमवार बिहान करिव साढेँ दश बजे माउन्टेन एयरको हेलिकप्टरबाट उनको शव लगिएको हो ।

उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ । ६१ बर्षीय उनी लार्के पास गर्ने क्रममा आइतवार बिहान करिव दश बजे चुमनुव्री गाउँपालिका–१ लार्केमा एक्कासी ढलेका थिए । सोही स्थानमा उनको मृत्यु भएको बताइएको थियो । उनी डिजायर एडभेन्चर टे«किङ एजेन्सीमार्फत लार्के पास गर्न आएका थिए ।

यता लार्के पासका लागि गएका अर्का एक बेलायती नागरिक घाइते भएका छन् । ६४ बर्षीय जोन माइकल स्वाइन कार्लाेस यात्राको क्रममा सोमवार बिहान करिव साढे आठ बजे चुमनुव्री गाउँपालिका–६ रानागाउँमा लडेर घाइते भएको प्रहरीले जनाएको छ ।

निधारमा चोट लागेको उनलाई उपचारका लागि बिही स्वास्थ्य चौकी पठाइएको र अवस्था गम्भिर रहेको बताइएको छ । उनी हिमालयन एडभेन्चर टे«किङ एजेन्सीमार्फत लार्के पास गर्न आएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्