
नेपाल निजामती कर्मचारी संगठनको भित्तेपात्रो बिमोचन
नेपाल निजामती कर्मचारी संगठन गोरखाले नयाँ बर्ष २०८२ को भित्तेपात्रो बिमोचन गरेको छ । बिहिवार आयोजित नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा भित्तेपात्रे बिमोचन गरिएको हो ।
संगठनका जिल्ला अध्यक्ष शारदाप्रसाद भट्टराईको अध्यक्षता तथा संगठनका गण्डकी प्रदेश इन्चार्ज भरत भुसालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, संगठनका प्रदेश सह इन्चार्ज नेत्रप्रसाद घिमिरे, प्रदेश अध्यक्ष डोलराज पराजुली लगायतले मन्तव्य राखेका थिए ।




