
मत्स्य स्वास्थ्य घुम्ति शिविर संचालन
गोरखा र पालुङटार नगरपालिकामा मत्स्य स्वास्थ्य घुम्ति शिविर संचालन भएको छ । मत्स्य बिकास केन्द्र स्याङ्जाको प्राविधिक सहयोग तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको आयोजनामा शिविर संचालन भएको हो ।
शिविरमा माछाको स्वास्थ्य जाँचसँगै माछा पोखरीको पानीको गुणस्तर पनि मापन गरिएको कार्यालयकी सूचना अधिकारी डा. बिनिता कुँवरले बताइन् । ‘माछा पाल्ने पोखरीहरुको पानीमा हरियोपना र गुणस्तर कम देखियो,’ उनले भनिन्, माछामा जुम्रा र प्यारासाइट्स पनि भेटियो ।’
केही माछामा मुख कुहिने, पखेटा कुहिने जस्ता व्याकटेरियल रोगहरु पनि देखिएको उनले जानकारी दिइन् । शिविरको क्रममा माछाका लागि आवश्यक औषधी पनि निशुल्क वितरण गरिएको उनको भनाइ छ । जिल्लाका अधिकांश पोखरीमा क्षमताभन्दा बढी माछा पाल्ने गरेको पाइएको कार्यालयले जनाएको छ ।




