| मङ्लबार, कार्तिक २४, २०८३

घ्याम्पेसाल बजार अनुगमन : म्याद गुज्रेका खाद्य सामग्री नष्ट

भिमसेनथापा गाउँपालिका स्थित घ्याम्पेसाल बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा शनिबार भएको बजार अनुगमनको क्रममा २३ हजार रकम बराबरको म्याद गुज्रेका खाद्य सामग्री नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

‘किराना पसल, होटल/खाजा घर र फार्मेसी गरी जम्मा १४ वटा पसलहरुमा अनुगमन ग¥यौ’, उनले भने, ‘फेला परेका म्याद गुज्रेका सामाग्रीहरु जफत गरी नष्ट गरेका छौँ ।’ अनुगमनको क्रममा अधिकांश पसलहरुमा मुल्यसूची, साइनबोर्ड र एक्सपाइरी जोन (म्याद गुज्रेका सामाग्री राख्ने ठाउँ) नराखेको पाइएको सहायक प्रजिअ बरालले बताए ।

व्यवसाय दर्ता तथा नविकरण गर्न, अनिवार्य रुपमा मुल्यसूची, साइन बोर्ड र एक्सपाइरी जोन राख्न निर्देशन दिइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्