| मङ्लबार, कार्तिक २४, २०८३

सूचना अधिकारी र पत्रकारबीच अन्तरक्रिया सम्पन्न

जिल्लामा क्रियाशील पत्रकार र सरकारी कार्यालयका सूचना अधिकारीहरुबीच अन्तरक्रिया भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनाका मंगलवार अन्तरक्रिया भएको हो । कार्यक्रममा सूचना अधिकारीहरुले दिनुपर्ने सूचनाहरु प्रभावकारी ढंगले प्रवाह गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा सरकारी कार्यालयका सूचना अधिकारीहरुले आफ्नो कार्यालयको चालु आवको हालसम्मको प्रगति विवरण समेत प्रस्तुत गरेका थिए । सूचनाको हक सम्बन्धी ऐन तथा सूचनाको हक सम्बन्धी नियमावलीको विषयका समेत छलफल भएको थियो । कार्यक्रममा पत्रकारहरुले कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहारमा परिवर्तन गर्नुपर्ने र सेवालाई सहज बनाउनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा सरकारी निकायहरुले आफ्नो वेभसाइट तथा सामाजिक संञ्जालमा रहेको पेजहरु बढिभन्दा बढि सरोकारवाला निकायहरुको पहँचमा पुग्नेगरी अद्यावधिक गर्ने, संचार जगतमा प्रवाह हुनुपर्ने सूचनाहरु प्रभावकारी ढंगले प्रवाह गर्नुपर्ने निचोड निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्