
बहाँकोट–पाँचखुवा देउराली सडकखण्ड चारदिन बन्द रहने
बारपाक सुलिकोट गाउँपालिका ६ को बाहाँकोटदेखि वडा नं ७ को कार्यालय पाँचखुवा देउरालीसम्मको सडकखण्ड पाँचदिन बन्द रहने भएको छ । पालिकाले आइतबार एक सूचना जारी गरी सोमबारदेखि बिहिबारसम्म उक्त सडकखण्ड बन्द रहने जनाएको हो ।
कालोपत्रेको काम हुन लागेकाले सडक बन्द रहने पालिकाले जारी गरेको सूचनामा भनिएको छ । उक्त सडकखण्डमा मोटरसाइकल, हलुका सवारी साधन र यात्रुवाहक सवारी साधानबाहेक मालबाहक ट्रक, ट्रिपर, लोडर, एक्साभेटर लगायतका ठूला सवारी साधानहरुको आवागमन पूर्ण रुपमा बन्द गर्न पनि पालिकाले अनुरोध गरेको छ । ठूला सवारी प्रयोगकर्ताहरुलाई वैकल्पिक मार्गे प्रयोग गर्न पनि आग्रह गरिएको छ ।




