
रेडक्रस बुंकोट उपशाखाको सभापतिमा ढकाल
नेपाल रेडक्रस सोसाइटी बुङकोट उपशाखाको सभापतिमा इन्द्रराज ढकाल चयन भएका छन् । उपशाखाको शनिबार सम्पन्न १९ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनले ढकालको सभापतित्वमा ११ सदस्यीय शाखा गठन गरेको हो ।
जसको उपसभापतिमा भगवति खनाल, सचिवमा राजेश श्रेष्ठ, सहसचिवमा कृष्णबहादुर सुनार, कोषाध्यक्षमा विभा राना मगर र सहकोषाध्यक्षमा मिस्टरबाबु श्रेष्ठ चयन भएका छन् । यस्तै, सदस्यहरुमा विष्णुमाया थापा, सम्झना श्रेष्ठ, प्रभा थापा, मिस्सु राना मगर र सुमन श्रेष्ठ रहेका छन् ।




