| सोमवार, कार्तिक २३, २०८३

‘प्रोएक्टिभ’ भएर काम गर्नेलाई प्रोत्साहन गर

कुनै पुल दशौं बर्षसम्म निर्माण नभएर समस्याग्रस्त बनिरहेका हुन्छन् । कुनै पुल ठेक्का सम्झौतामा उल्लेख गरेको म्याद नआइपुग्दै निर्माण भइसक्छ । सोतीखोला पुल ठेक्का सम्झौता भएको १० बर्षपछि बल्लतल्ल बन्यो । अजुवाखोला पुलले झण्डै त्यही बिरासत पछ्यायो । बुटार पुल पनि १० बर्षसम्म जीप पनि नबनेपछि ठेक्का तोडियो ।

यस्तै उदाहरणहरुको माझमा खारखोला पुल कागका बीच बकुल्ला बन्न आयो, जुन पुल निर्माण गरिसक्नु पर्ने भनी ठेक्का सम्झौतामा उल्लेख भएको समय आउन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएर नयाँ रेकर्ड कायम ग¥यो ।
कुनै पनि कुरामा अपेक्षित प्रगति हुनका लागि इनाम तथा दण्डको व्यवस्था हुनुपर्छ ।

यदि कसैले नराम्रो काम गरेमा दण्ड दिने र कसैले राम्रो काम गरेमा इनाम दिने व्यबस्था हुनुपर्छ । भौतिक पूर्वाधार निर्माणमा त झन यी दुईले ठूलो अर्थ राख्दछन् । काम नगर्ने, लापार्बाही गर्नेलाई दण्ड, सजायँको व्यवस्था भएमा पुन त्यस्ता लापार्बाही, हेलचेक्र्याईँ, ढिलासुस्ती दोहोरिँदैन । यथासमयमा, निर्धारित गुणस्तरको काम गर्नेलाई पुरस्कारको व्यवस्था भएमा उ स्वयं र अरुहरु पनि राम्रो काम गर्न प्रेरित हुनेछन् ।

निर्धारित समयभन्दा अगावै काम सम्पन्न गर्नेलाई केही प्रतिशत बोनस दिने कानूनी व्यवस्था नभएको होइन, छ तर यो सैद्धान्तिक रुपमा मात्र छ, व्यवहारिक रुपमा भएको पाइएको छैन । बोनस लिने भन्दै कुनै निर्माण व्यवसायी ‘प्रो एक्टिभ’ भएर काम गरिरहेको पनि पाइन्छ । तर समयमै काम सम्पन्न गरे पनि समय गुज्रिएपछि, म्याद थप गरेर काम गरे पनि निर्माण व्यवसायीले पाउने व्यवस्थामा कुनै अन्तर नआएपछि कोही किन ‘प्रोएक्टिभ’ होओस् ?

पुल निर्माणमा मात्र होइन, पूर्वाधार निर्माणमा मात्र पनि होइन, जोकोही पनि यदि प्रोएक्टिभ एर कर्तव्य निर्बाह गर्दछ भने उसलाई इनामको व्यवस्था हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्