| सोमवार, कार्तिक २३, २०८३

वैकल्पिक पर्यटन पदमार्ग निर्माण गर

गोरखाको मनास्लु क्षेत्र(चुम र नुब्री) पर्यटकीय स्थल हो । यहाँ बर्षेनी १० हजारभन्दा बढिको संख्यामा पर्यटक आउँछन् ।
पर्यटक भित्रिँदा देशले राजस्व आर्जन गर्छ । पर्यटन व्यवसाय गरेर चुमनुब्री गाउँपालिकाका धेरै जना स्वरोजगार मात्र भएका छैनन्, धेरैलाई रोजगारी पनि दिएका छन् ।

पर्यटन व्यवसाय गर्ने एजेन्सीवाला, गाइड गर्नेवाला, भरिया, होटल, रेस्टुरेण्टवाला, सवारी साधनवाला, तरकारी, फलफूल उत्पादन गर्नेवालाहरु सबैले व्यवसाय गरी आयआर्जन गर्न पाएका छन् । सिजनमा सबै होटल, रेस्टुरेण्टहरु पर्यटकले खचाखच हुन्छन्, त्यसैले मनास्लु क्षेत्र(चुम र नुब्री)मा पर्यटकको ओइरो लाग्न थालेपछि यहाँका व्यवसायीहरु हर्षित छन् ।

मनास्लु क्षेत्र पूर्वाधार निर्माणका दृष्टिले धेरै पछि परेको ठाउँ हो । यहाँ मोटरबाटो त परको कुरा, सुरक्षित पदमार्ग पनि छैन । शिक्षा, स्वास्थ्यको अभावले ग्रस्त त यसै भइहाल्यो । अहिले बल्लतल्ल यस क्षेत्रमा सडक निर्माणको काम भइरहेको छ । अहिले चुमनुब्री ३ पाङसिँङसम्म सवारी साधन पुगेको छ ।

सवारी साधन चल्न थालेपछि यस क्षेत्रका बासिन्दाले सुपथ मूल्यमा सामान पाउने गरेका छन् । धेरै दिन हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता पनि हटेको छ । निजी तथा सार्वजनिक सवारी साधन चढेर राजधानी तथा सदरमुकाम पुग्न पाएका छन् ।
सडक अझै माथि, माथि जाँदैछ ।

एकातिर सडक बिस्तारले जनजीवन सहज हुने अपेक्षा छ, अर्कातिर पर्यटकको आवागमनले राम्रो आयआर्जन भएका छ । तर सडकका कारण पर्यटन व्यवसायमा गिरावट आउने निश्चित छ । स्वच्छ, सफा, हराभरा, उकालो, ओह्रालोमा हिँड्न रुचाउने पर्यटक जब रोडमा गाडी गुड्छ, तब दिक्क हुन्छन् ।

त्यसैले पदयात्रा गर्न आएका पर्यटकका लागि बैकल्पिक पदमार्ग निर्माण गर्नु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्