| मङ्लबार, कार्तिक २४, २०८३

मसला तथा किराना व्यवसायी संघमा पुनः गुप्ता

मसला तथा किराना व्यवसायी संघ गोरखाको अध्यक्षमा पुनः अरविन्द गुप्ता चयन भएका छन् । संघको शनिबार सम्पन्न चौँथो साधारण सभा तथा तेस्रो अधिवेशनले गुप्ताको संयोजकत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा शिवप्रसाद रौनियार, कोषाध्यक्षमा गणेश कुमार र सचिवमा विपिन साह चयन भएका छन् । सदस्यहरुमा सन्तोष प्रसाद, रवि जयसवाल र श्रीलाल शाह छन् । संघको प्रमुख सल्लाहकारमा दिपक शाही र सल्लाहकारमा सन्दिप रौनियार चयन भएका छन् ।

गुप्ताको अध्यक्षता तथा गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमर्सका वरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठ, मसला संघका पदाधिकारी एवं सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्