
गोनपा–१० का जेष्ठ नागरिकहरु सम्मानित
गोरखा नगरपालिका–१० का जेष्ठ नागरिकहरु सम्मानित भएका छन् । महाशिवरात्रिको अवसर पारेर वडा कार्यालयको आर्थिक सहयोगमा महादेवस्थान संरक्षण तथा बिकास समितिले उनीहरुलाई सम्मान गरेको हो ।
वुधवार एक कार्यक्रमकाबीच उनीहरुलाई न्यायो कम्बलसहित सम्मान गरिएको वडा सदस्य एवं नगरकार्यपालिका सदस्य साबित्रा थापा मगरले बताइन् । वडाभित्रका १ सय १० जना ज्येष्ठ नागरिकलाई कम्वल वितरण गरिएको उनले जानकारी दिइन् । उक्त कार्यक्रमका लागि वडाबाट एक लाख रकम विनियोजन भएको थियो ।
कार्यक्रममा बिभिन्न जातजातीको सांस्कृतिक प्रस्तुती समेत रहेको थियो । जसमध्ये बिरेन्चोकको भजन समूह र कुमाल समुदायको पाङदुरे समूहलाई १२ हजार नगद सहित सम्मान गरिएको छ । महादेवस्थान संरक्षण तथा बिकास समितिका अध्यक्ष कमल पोखरेलको अध्यक्षता एवं वडाअध्यक्ष प्रदिप कुँवरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।




