| मङ्लबार, कार्तिक २४, २०८३

सडक खन्ने क्रममा ढुंगाले लागेर स्काभेटर चालकको मृत्यु

अजिरकोट गाउँपालिका–१ चिस्याङमा बाटो खन्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर स्काभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहूँको आँबुखैरेनी गाउँपालिका–६ घुमाउने बस्ने ४५ वर्षिय राम बहादुर आले मगर रहेको प्रहरीले जनाएको छ ।

कालिका हाईड्रोपावरको ड्याम जाने मोटर बाटो (नयाँ ट्रयाक) खन्ने क्रममा बुधबार करिव १२ बजे बजेतिर माथिबाट ठुलो ढुंगा बाग्मती प्रदेश ०६–००१ क ०१३१ नं. को स्काभेटरमाथि खसेको थियो ।

सोही ढुंगाले च्यापिएर स्काभेटर चालकको मृत्यु भएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । उनका अनुसार स्काभेटरमा समेत क्षति पुगेको छ । उक्त स्काभेटर सोही हाइड्रोपावरको रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्