
महिला उद्यमी संघको स्थापना दिवसमा अनाथ बालबालिकालाई सहयोग
महिला उद्यमी संघ, गोरखाको स्थापना दिवसको उपलक्ष्यमा बालमन्दिरका अनाथ बालबालिकालाई सहयोग गरिएको छ । संघले सोमबार बालमन्दिर माविस्थित अनाथ आश्रममा बस्ने बालबालिकालाई स्टेशनरी सामग्री प्रदान गरेको हो ।
सो अवसरमा बोल्दै संघकी अध्यक्ष रीता रेग्मीले बार्षिक उत्सवका अवसरमा रामरमिता गरेर खर्च गर्नुभन्दा आवश्यक परेका ठाउँमा परोपकारको काम गर्नु हितकर हुन्छ भन्ने ठानी सहयोग गरिएको जनाएकी थिइन् ।
प्रधानाध्यापक अनन्त न्यौपानेले संघलाई धन्यवाद दिँदै परोपकारी काममा अघि बढ्न शुभकामना दिएका थिए ।




