| मङ्लबार, कार्तिक २४, २०८३

दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति पुरस्कार मोहना अन्सारीलाई

यसबर्षको दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति पुरस्कार मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियान्ता मोहना अन्सारीलाई प्रदान गरिने भएको छ ।दण्डपाणि अज्र्याल स्मृति केन्द्रका अध्यक्ष ईश्वरचन्द्र बानियाँको अध्यक्षतामा यही फागुन ११ गते बसेको बैठकले मानवअधिकारवादी नेता अन्सारीलाई पुरस्कृत गर्ने गरेको हो ।

पुरस्कार भने फागुन १७ गते एक समारोहका बीच प्रदान गरिने स्मृति केन्द्रका महासचिव कपिलचन्द्र खनालले जानकारी दिए । पुरस्कारको राशि रु ५० हजार रहेको छ । गोरखामा १९६३ सालमा जन्मेका शिक्षासेवी, इतिहासविद तथा समाजसेवी दण्डपाणि अज्र्याल इतिहास, ज्योतिष शास्त्र र संस्कृतिका अध्येता थिए । नन्दकुमारी उहाँकी धर्मपत्नी थिइन् । बुबा आमाको स्मृतिमा उनीहरुका सन्ततिले सो प्रतिष्ठान गठन गरी पुरस्कारको स्थापना गरेका थिए ।

विसं २०६२ मा स्थापित स्मृति केन्द्रले आफ्नो स्थापनाकालदेखि राष्ट्रिय महत्वका विषयमा योगदान पु¥याउने राष्ट्रिय प्रतिभालाई सम्मान गर्दै आएको छ ।यसअघि इतिहासकार ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकारद्वय तुलसीराम वैद्य र दिनेशराज पन्त, साहित्यकार मोदनाथ प्राश्रित, शिक्षासेवीसुरेशराज शर्मा, राजनीतिक विश्लेषकसुरेन्द्र केसीलगायतलाई सम्मान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्