| मङ्लबार, कार्तिक २४, २०८३

१२० औं रोटरी डे का अवसरमा सम्पदा पदयात्रा

१२० औं रोटरी डेका अवसरमा रोटरी क्लव अफ गोरखाले सम्पदा पदयात्रा गरेको छ । ऐतिहासिक सम्पदा गोरखा दरबारबाट अर्को ऐतिहासिक तथा पुरातात्विक सम्पदा उपल्लोकोट र बज्रभैरवसम्म सम्पदा पदयात्रा गरेको क्लवका अध्यक्ष विनोद बस्न्यातले जानकारी दिए ।

अति प्राचीन ऐतिहासिक महत्व बोकेको उपल्लोकोट तथा बज्रभैरवको उजागर गर्ने उद्देश्यले सम्पदा यात्रा गरेको अध्यक्ष बस्न्यातले जानकारी दिए । ‘गोरखा दरबारको भन्दा पनि पुरानो इतिहास बोकेको सम्पदा उपल्लोकोट हो । त्यहाँ लिच्छिविकालमा स्थापना भएको मानिने शक्तिशाली बज्रभैरवको मन्दिर पनि छ’ बस्न्यातले भने, ‘गोरखा दरबारको बरु इतिहास उजागर भएको छ, तर उपल्लोकोट र बज्रभैरवको त्यति उजागर भएको छैन । त्यसैले त्यसको महत्व उजागर गर्न सम्पदा पदयात्रा गरिएको हो ।’

पदयात्रामा रोटरी क्लवका डिस्ट्रिक अफिसर पवनरमण खनाल तथा डिस्ट्रिक एजी विशाल राना लगायत २५ जना भन्दा धेरै रोटरियनहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्