
खाजाघार चोरी तथा आगजनी गरेको आरोपमा एक पक्राउ
यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न हुँदै आएका गोरखा नगरपालिका–१० छेवेटारका ३६ वर्षिय मन्जिल मग्राति पुनः पक्राउ परेका छन् । चोरी तथा आगजानीको आरोपमा प्रहरीले उनलाई मंगलवार पक्राउ गरेको हो ।
गत माघ १७ गते छेवेटारस्थित बुद्धिमान गुरुङ र गिता पोखरेलले संचालन गरेको खाजाघरबाट नगद तथा सरसामान चोरी हुनुका साथै गिताको खाजाघरमा आगजनी समेत भएको थियो । सोही कसूरमा मग्रातीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीबिरुद्ध चोरी तथा अपराधिक उपद्र शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।
मग्राती यसअघि २०७१ जेठ १८ गते डाँका चोरी गरी कर्तव्य ज्यान कसुरमा, २०७९ कात्तिक १७ गते चोरी कसुर र २०८० बैशाख ३१ गते सार्वजनिक शान्ति विरुद्धको कसूरमा पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।




