| मङ्लबार, कार्तिक २४, २०८३

सिर्दिबास सम्पर्क समाज काठमाडौंको अध्यक्षमा सुरेन्द्र गुरुङ

सिर्दिबास सम्पर्क समाज काठमाडौंको अध्यक्षमा सुरेन्द्र गुरुङ निर्वाचित भएका छन् । फागुन ३ गते शनिबार भएको समाजको प्रथम भेलाले गुरुङको नेतृत्वमा १७ सदस्ययी कार्य समिति गठन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा दि बहादुर गुरुङ, द्वितीय उपाध्यक्ष, जित बहादुर गुरुङ र महिला उपाध्यक्षमा सची कुमारी घले चयन भएकी छिन् ।

यस्तै सचिव समिर गुरुङ, सह–सचिव सन्देश गुरुङ, उपसचिव हेमन्त गुरुङ, कोषध्यक्ष बिकास गुरुङ तथा सह–कोषाध्यक्षमा जोनिसा गुरुङ र चन्द्र बहादुर गुरुङ चयन भएका हुन् । समितिको सदस्यहरुमा क्रमश प्रितम गुरुङ, अनिल कार्की, मिन बहादुर गुरुङ, समिर्ला गुरुङ, अमर सिंह बानियाँ, डुण्डुप गुरुङ र वाङदी लामा चयन भएका छन् ।

कार्यसमितिका सबै पदाधिकारीहरु सर्वसम्मत चयन भएका हुन् । समितिको संरक्षकमा वीरबल घले र प्रमुख सल्लाहाकार धन बहादुर गुरुङ चयन गरिएको छ ।प्रथम भेलाले हरेक बर्ष रक्तदान कार्यक्रम आयोजना गर्ने, विपद्मा सहयोग गर्न आपतकालीन सहायता कोष स्थापना गर्ने पनि निर्णय गरेको बिरबल घलेले जानकारी दिए ।

चुमनुब्री गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष राम कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका सूर्य बहादुर गुरुङ, नेकपा एमालेका चन्द्र बहादुर गुरुङ र सुक बहादुर गुरुङ, माओवादीकी सीता कुमारी गुरुङ, नसपा (नयाँ शक्ति)का गणेश कार्की, डा. इमान सिंह गुरुङ, पूर्व गाविस अध्यक्ष लाल बहादुर गुरुङलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्