
सबै सडक स्तरोन्नतिको काम पन्थडिही कटहरे हर्मीको जस्तो होओस्
गोरखामा अहिले चलिरहेका योजनामध्य पन्थडिही, कटहरे, हर्मी, साहिँलटार सडक स्तरोन्नति गर्ने काम सबैभन्दा ठूलो मानिएको छ । सो कामको प्रगति अहिले ४९ प्रतिशत भएको छ । २० किलोमिटर सडक आउँदो भदौसम्म कालोपत्रे गर्न तीब्र गतिमा काम भइरेको छ ।
८१ करोड ६० लाख रुपैयाँ लागतमा २० किलोमिटर सडक कालोपत्रे गर्न उडहिल, लामा जेभीले ठेक्का लिएको थियो । २०७९ फागुन १५ गते योजना सम्झौता गरेको सो कम्पनीले अहिलेसम्म १९ किलोमिटर सडकसम्म कटिङको काम सम्पन्न भइसकेको छ । भदौसम्म कालोपत्रे गरिसक्ने विश्वास लिइएको छ ।
२०७९ चैत ८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सिलान्यास गरेपनि काम सुरु हुन केही ढिलाइ भएको थियो । भारतीय एक्जिम वैंकको ऋण सहयोगमा गर्ने काम भएकाले विधि र प्रक्रिया पु¥याउन कैयौँ बर्ष लागेको हो । तर जब काम सुरु भयो, काम निकै तिब्र गतिमा भइरहेको छ ।
अहिलेसम्म १९ किलोमिटरसम्म नालीसहित ९.५ मिटर चौडा बढाउने काम सकिएको छ । ६० वटा क्रस ड्रेन(कल्भर्ट) निर्माण भइसकेको छ । १३ किलोमिटर पक्की नाली निर्माणको काम पनि भइसकेको छ । भौतिक प्रगति ४९ प्रतिशत र वित्तीय प्रगति ४३ प्रतिशत भएको उनले बताए ।
सडकको ट्रयाक खन्ने काम भने बाबुराम भट्टराई अर्थमन्त्री तथा हिसिला यमी भौतिक पूर्वाधार मन्त्री हिसिला यमी हुँदा सुरु गरिएको थियो । सो सडक आसपास घर भएका पूर्व प्रधानमन्त्री भट्टराईले त्यसयता सो सडक स्तरोन्नतिका लागि ताकेता गरिरहेका थिए । भारतीय एक्जिम वैंकमार्फत स्तरोन्नति गर्ने गरी स्रोत सुनिश्चित पनि गरेका थिए ।
गोरखामा अरु सडकको पनि स्तरोन्नतिको काम सुरु भएको छ । तर देख्ने सुन्नेका अनुसार पन्थडिही, कटहरे, हर्मी साहिलटारको जत्तिको जाँगरलाग्दो गतिमा भएको छैन । त्यसैले सबै कामले यस्तै तिब्रता पाओस् ।




