| सोमवार, कार्तिक २३, २०८३

लिगलिग पालुङटार महोत्सवले स्थानीयतालाई जोड देओस्

गोरखाको दोस्रो नगरपालिका पालुङ्टारमा तेस्रो लिगलिग पालुङटार महोत्सव आरम्भ भएको छ । महोत्सवको गत बिहिबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । महोत्सव फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । मेलाको आयोजना लिगलिग पालुङटार उद्योग वाणिज्य संघले गरेको हो ।

यसअघि पालुङटार नगरपालिकाले नै महोत्सवको आयोजना गर्न लागेको थियो । सरकारले नै मेला महोत्सव गर्न लागेको भन्दै चौतर्फी आलोचना भएपछि सो महोत्सव रोकिएको थियो । गैरसरकारी संस्था तथा सामाजिक संघसंस्थाले गर्ने कार्यक्रम स्थानीय सरकारले नै गर्न लागेपछि विवाद चुलिएको थियो ।

अहिले उद्योग, व्यापार, वाणिज्य सम्बन्धी काम गर्न स्थापित संस्थाले मेला महोत्सव गर्न लागेको छ, जुन विगतदेखि चल्दै आएको पनि हो । महोत्सवको उद्घाटनका अवसरमा मुख्य अतिथि मुख्यमन्त्री पाण्डेले स्थानीयतामा जोड दिन आग्रह गरेका थिए ।
अहिले कस्तो संस्कृति विकास भएको छ भने देशभर मेला, महोत्सव गराउँदै हिड्ने एक गिरोह(बिचौलिया) हुन्छ । विशेषगरी बिचौलियाको काम बालउद्यान सञ्चालन गर्नेले गर्दछ ।

उनीहरुले आयोजकलाई निश्चित रकम दिन्छन् । अनि मेलाको आय, व्याय(नाफा–घाटा) सबै ब्यहोर्ने गरी गोप्य रुपमा ठेक्का लिन्छन् । त्यस्ता बिचौलियालाई स्थानीय उत्पादन, स्थानीय कला संस्कृति, स्थानीय कलाकारको प्रवद्र्धन, मौलिकतामा जोड त भर्सेला परोस्, कसरी नाफा आर्जन गर्नेतिर मात्र ध्याउन्न हुन्छ ।

मेला महोत्सवको खास अर्थ, औचित्य, उपादेयता भनेको नै स्थानीय कला संस्कृतिको विकास, प्रचार प्रसार, संरक्षण, स्थानीय उत्पादनको व्यापार, स्थानीय कलाकारको प्रचार प्रसार, पर्यटन विकास आदि हुने गर्छ । जब मेला महोत्सवले धर्म बिराउँछ, तब व्यवसायिक बन्छ । जसरी पनि लगानी उठाउनेतिर मात्र ध्याउन्न हुन्छ ।

लिगलिग पालुङ्टार महोत्सवमा यस्ता चलखेल छैन । नहोओस् पनि । मेलाले स्थानीय कलाकारलाई प्रवद्र्धन गरोस् । स्थानीय उत्पादनलाई ग्राहकसम्म पु¥याओस् । स्थानीय कला, संस्कृतिको प्रवद्र्धन गरोस् ।

प्रतिक्रिया दिनुहोस्