
नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको नवौं घुम्ति बैठक सम्पन्न
नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको नवौं घुम्ति बैठक सम्पन्न भएको छ । बिहीवार गोरखा सदरमुकामस्थित कांग्रेस पार्टी कार्यालय तिनधारेमा भएको बैठकले गण्डकी प्रदेशको सरकारी कामकाजमा मगर भाषा प्रयोग गर्न माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले कोदोको रक्सीलाई ब्राण्डिङ र गाजा खेतिलाई खुल्ला गर्न पनि प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको नेपाल मगर संघ गोरखाका अध्यक्ष माधव थापा मगरले बताए । आगामी बैठक कास्कीमा गर्ने निर्णय समेत भएको उनले जानकारी दिए ।
मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सरस्वती अर्याल, कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश सभापति पदम पुन मगर, गण्डकी प्रदेशका ११ वटै जिल्लाका सभापति लगायतको उपस्थिती रहेको थियो ।




