| सोमवार, कार्तिक २३, २०८३

तातोपानी मेला मर्यादित बनोस्

सदरमुकाममा २०५४ सालदेखि महोत्सव हुने गरेको हो । सरकारले आव्हान गरेको नेपाल भ्रमणबर्षको अवसरमा पहिलो पटक ‘गोरखा महोत्सव’ सम्पन्न भएको थियो । करिब ३० बर्षको महोत्सव संस्कृतिको हिसाब नगर्ने हो भने तातोपानी मेला नै अहिले गोरखामा हुने ठूलो मेला हो ।

३० बर्षअघिसम्म हिउँद याममा गोरखाका टोलटोल, थुम्काथुम्का, थानथानमा, घाटघाटमा, देउराली भञ्ज्याङमा औंशी, पुर्ने, एकादशी, चौथी, पञ्चमी मेला, जात्रा हुने गर्थे । तीमध्य ९९ प्रतिशत मेलाजात्राहरु लोप भइसके । गोरखाभर जीवित जात्रा, मेलाहरुमध्य तातोपानी मेला नै सबैभन्दा ठूलो रुप हो, जसको बिगत धेरै लामो छ ।

पहिले यो तातोपानीमा हुनेगथ्र्यो, त्यसैले अहिले ऐतिहासिक तातोपानी मेला नामाकरण गरिएको छ । फराकिलो ठाउँ खोज्दै तातोपानी मेला खोर्लाबेशीमा आइपुगेको हो । मेलालाई ऐतिहासिक भन्नुभन्दा सांस्कृतिक भन्नु उपयुक्त हुन्थ्यो कि ?
जिल्लाका अन्य मेलाहरु हराउँदै, बिलाउँदै गइरहेको सन्दर्भमा यो मेला भने बर्षेनी झन्, झन् भव्य हुदै गएको छ ।

पुरानो परम्परामा आधुनिक इभेण्टहरु कन्भर्जेन्स गरेपछि हाइब्रिडका रुपमा मेला फस्टाइरहेको छ । यो मेलालाई मितिनी मेला पनि भनेर चिनिन्छ । मेलामा परम्परागत रुपमा मितिनी लगाएर रमाइलो गर्ने गरिन्छ । ढिला गरी सुरु गरेको भए पनि जसरी लिगलिगकोट दौड अहिले राज्यबाट पहिचान भएको अबस्था छ, त्यसैगरी तातोपानी मेला पनि अहिले गोरखाको पहिचानको रुपमा स्थापित भइसकेको छ ।

अब यसलाई पनि विस्तार, विकास गरी राज्यको नजरमा पु¥याउने प्रयास गर्नुपर्दछ । तर तातोपानी मेलामा केही नकारात्मक पक्षहरु पनि छन् । यो नकारात्मक पक्षले चन्द्रमालाई दागले छोपेझैँ धुमिल बनाइरहेको छ । मेलाको सो नकारात्मक पक्ष मेटाउन यसअघि पनि भरमग्दुर प्रयत्न भएको हो, तर न्यूनिकरण भएको पाइँदैन । त्यसलाई सच्याउन सक्ने हो भने तातोपानी मेला अब्बल बन्नेछ, मर्यादित बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्