
भूमि समस्या समाधान आयोग गोरखाका अध्यक्ष पन्तद्धारा पदभार ग्रहण
भूमि समस्या समाधान आयोग, गोरखाका अध्यक्ष राजनराज पन्तले आइतबार पदभार ग्रहण गरेका छन् । आयोगको कार्यालयमा आयोजित एक स्वागत कार्यक्रमका बीच अध्यक्ष पन्तले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले भूमि सम्बन्धी समस्याको गहन अध्ययन गरी समाधानको प्रयास गर्ने बताएका थिए । भूमिसम्बन्धी समस्या भएका पालिका र वडाहरुमा स्थलगत अध्ययन गरी समस्या समाधान गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आफूहरुले आफ्नो ठाउँबाट आवश्यक सहयोग र सहकार्य गर्ने जनाएका थिए ।




