| मङ्लबार, कार्तिक २४, २०८३

बिश्रामस्थलबाट प्रहरीको हेल्पडेस्क हट्यो

गोरखा सदरमुकामको हरमटारी चोकको बिश्रामस्थलमा विगत चार महिनादेखि रहेको प्रहरीको हेल्प डेक्स हटेको छ । दशैंतिहारको भीडभाडमा सुरक्षा व्यवस्था सुदृढ गर्न गत असोजमा स्थापना भएको हेल्पडेस्क चार महिनापछि बुधबारबाट हटाइएको हो ।

लायन्स क्लव अफ गोरखाले दुई वर्षअघि गोरखा नगरपालिकाको सहयोग र कालिमाटी टोल बिकास संस्थासंग समन्वय गरी यात्रुहरुलाई बस पर्खन सजिलो होस् साथै ज्येष्ठ नागरिकहरु बस्न सहजताको लागि भन्दै त्यहाँ बिश्रामस्थल निर्माण गरेको थियो ।
त्यहाँ प्रहरी बसिराख्दा यात्रुहरु नबस्ने, बसे पनि प्रहरी आएपछि उठेर जाने गरेको भन्ने गुनासो जनसस्तरबाट आएको थियो ।

त्यस्ता खालका गुनासो आए लगत्तै जिल्ला प्रहरी कार्यालयले सर्वसाधरणलाई असहज नहोओस् भनी हेल्प डेक्स हटाएको हो ।
सो बिश्रामस्थलमा दिउँसोमा गाउँठाउँबाट आएका यात्रुहरु साथै स्थानीय जेष्ठ नागरिकहरु बस्ने गर्छन् । रातीको समयमा रात्री बस कुर्नेहरु पनि त्यहाँ आएर बस्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्