| सोमवार, कार्तिक २३, २०८३

मस्र्याङ्दी करिडोर विकास प्राधिकरणसंग अपेक्षा

जलविद्युत आयोजनाका लागि महत्वपूर्ण मस्र्याङ्दी करिडोरका स्थानीय तहका जनप्रतिनिधिहरुले मस्र्याङ्दी आसपासको क्षेत्र समेटेर मस्र्याङ्दी जलाधार प्राधिकरण आयोजना गठन गर्न माग गरेका छन् । आइतबार पालुङ्टारमा सम्पन्न गोरखा लम्जुङ, तनहूँ जिल्लाका मस्र्याङ्दी नदी प्रवाह क्षेत्रमा पर्ने स्थानीय तहहरुको सातौँ संयुक्त बैठकले प्राधिकरण गठन गरी एकीकृत विकास योजना सञ्चालन गर्न माग गरेका हुन् ।

अल्पकालीन विकास योजनाहरुमा रमाइरहेको नेपालमा यस्ता दूरगामी प्रभाव पार्ने आयोजनाहरु सञ्चालन होला भन्ने आशा, अपेक्षा कमै भए पनि पहल कदमीको आरम्भ गरेका छन् । जब मुलुक सक्षम बन्नेछ, मुलुक संवृद्ध बन्नेछ, तब विकास गर्ने अर्को आयामका रुपमा भविष्यमा यो प्राधिकरण पनि एक हुनेछ । बैठक गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको रोहोबरमा सम्पन्न भएको हो ।

कोरिडोरको काम अघि बढाउन स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रबाट काम गरिरहेका छन् । साथै यस स्वप्निल प्रोजेक्टलाई सरकारले अपनत्व लिएर प्राधिकरण आयोजनाका रुपमा बिकास गर्नुपर्ने माग उनीहरुको छ । बैठकमार्फत कोरिडोरलाई प्राधिकरण आयोजनाका रुपमा बिकास गर्नका लागि संघीय सरकारसँग पहल गर्न मुख्यमन्त्रीलाई अनुरोध पनि गरेका छन् । सरकारले अपनत्व लिए मस्र्याङ्दी कोरिडोर प्राधिकरण गठनको काम छिटो अघि बढ्नेछ र एकीकृत विकास पनि हुने अपेक्षा छ ।

मस्र्याङ्दी कोरिडोर अन्तरगत गोरखाको सहिदलखन गाउँपालिका, गोरखा नगरपालिका, पालुङटार नगरपालिकासहित गण्डकी प्रदेशका १४ पालिकाहरु पर्दछन् । यी क्षेत्रको विकासका लागि प्राधिकरण गठन गरी आवधिक तथा दीगो विकास कार्यक्रम लागु गरियो भने यस क्षेत्र आत्मनिर्भर बन्न तथा स्वरोजगार र रोजगारीको सिर्जना हुने थियो ।

मस्र्याङ्दी करिडोरअन्तर्गत पर्ने पालिकाहरु आफ्नो पालिकामा एकीकृत कार्यक्रम लागु गर्न प्राधिकरण बनाउन तत्पर भएका बेला प्रदेश सरकार तथा केन्द्र सरकारले होस्टेमा हैँसे ग¥यो भने विकासको ढोका खोल्न सहज हुने छ ।

प्रतिक्रिया दिनुहोस्