
गोरखा जेसीजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
गोरखा जेसीज वर्ष २०२५ को ४४ औँ पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा सरदमुकाममा शनिबार एक कार्यक्रम गरी पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वर्ष २०२४ का अध्यक्ष अश्विन ढुंगानाले जेसीज वर्ष २०२५ का अध्यक्ष सुमन गुरुङलाई अध्यक्षको पद हस्तान्तरण गरेका हुन् । नयाँ कार्यसमितिको कार्यकारी उपाध्यक्षमा जीवन थापा र रचन परियार, उपाध्यक्षमा सौनक घिमिरे, सन्जोक मास्के, युनिक अर्याल र सन्देश खत्री, सहसचिवमा श्याम आले मगर र सहकोषाध्यक्षमा सन्दिप ढकाल मनोनित भएका छन् ।
जेसिज वर्ष २०२४ ले वर्ष २०२५ लाई पद हस्तान्तरण गरेसँगै जेसीज गोरखा वर्ष २०२५ को समितिले पूर्णता पाएको छ । ढुंगानाको अध्यक्षता तथा गण्डकी प्रदेशका सांसद नन्दप्रसाद न्यौपानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल जेसीज क्षेत्र ख का निरुपित राष्ट्रिय उपाध्यक्ष ऐलिना महर्जन, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।




