| मङ्लबार, कार्तिक २४, २०८३

भैँसी खोज्न हिडेका लामा तीन दिनदेखि वेपत्ता

भैँसी खोज्न हिडेका अजिरकोट गाउँपालिका–२ खरिबोट सिरानडाँडाका छेङे लामा तीन दिनदेखि बेपत्ता छन् । बिहीबार दिउँसो घरबाट भैँसी खोज्न निस्किएका ८० वर्षिय लामा त्यसयता सम्पर्कमा छैनन् ।

‘घरबाट हिँडेको दुई दिनसम्म पनि सम्पर्कमा नआएपछि घरपरिवारले शनिबार मात्र हामीलाई सम्पर्क गर्नुभयो’, जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं डिएसपी इन्द्रप्रसाद सुवेदीले भने, ‘हाल खोजतलासका लागी प्रहरी चौकी भच्चेक र इलाका प्रहरी चौकी जौवारीबाट टोली खटाइएको छ ।’

तर हालसम्म उनी भेटिएका छैनन् । खोजी कार्य तिव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्