| सोमवार, कार्तिक २३, २०८३

अझै बढि किसानमैत्री कार्यक्रम ल्याऊ

पालुङटार नगरपालिकाले केही त्यस्ता कार्यक्रम ल्याएको छ, जसले नगरपालिकाको दीगो विकासका लागि योगदान गरेको छ । नगरपालिकाले वडा नं. ९ मा दूध उत्पादन कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाको सहयोगमा कैयौँ किसानहरु बिगत केहीबर्षदेखि दूध उत्पादन गर्दैछन् ।

अल्छीपन र कुनै बिपद नपरे अब ती किसान दूध उत्पादका काममा निरन्तर लागिरहनेछन् अनि दिनानुदिन उनीहरुको आर्थिक आम्दानी बढ्दै जानेछ, किसानहरु आत्मनिर्भर हुदैजानेछन् । किसानले पालिकासंग चाहने त्यही हो, पालिकाले किसानसंग चाहने पनि त्यही हो ।

अहिले पालुङटार नगरपालिकाले किसानलाई परिचयपत्र वितरण गर्ने अर्को कार्यक्रम ल्याएको छ । त्यसका लागि नगरपालिकाले कृषकहरुको सूची तयार गर्न थालेको छ । सोही कार्यक्रम अन्तरगत हालसम्म पाँच वटा वडाबाट २ हजार २५० जना किसानहरु सूचीकृत भइसकेकोे छ । वडा नं ६, ७, ८, ९ र १० मा सूचीकरणको काम सम्पन्न भइसकेको छ ।

सूचीकृत भएका किसानहरुको प्रमाणिकरण गर्न भने बाँकी नै छ । प्रमाणिकरणको काम वडाले गर्छ । सूचीकृत भएका किसानहरुलाई सम्बन्धित वडाले प्रमाणित गरेपछि किसान परिचयपत्र प्रदान गरिने छ । त्यसपछि पालिकाले किसानलाई विभिन्न सुविधाको प्याकेज कार्यक्रम घोषणा गर्नेछ । त्यसमा किसानले मात्र सहुलियतका सुविधा पाउनेछन् ।

नत्र किसानका नाममा गैरकिसानले अनुदान पाउने, सहुलियत पाउने भइरहेको थियो । कतिपय किसानले दोहो¥याएर पनि सुविधा पाइरहेका थिए । परिचयपत्र दिने यो अत्यन्त वुद्धिमतापूर्वक गरिएको कार्यक्रम स्वागतयोग्य छ । mयस कार्यक्रमका लागि पनि पालुङटार नगरपालिका धन्यवादको पात्र बनेको छ ।

भनिन्छ, माछा मारेर दिने होइन, माछा मार्न सिकाउनु ठूलो कुरा हो, त्यसैले परिचयपत्र प्राप्त सच्चा किसानलाई पनि अब अनुदान होइन, किसानी गर्न सहजिकरण गर्नु श्रेयस्कर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्