
जनमुखी उपभोक्ता सहकारीमा पुनः रेग्मी
गोरखा नगरपालिका–७ नयाँबजारस्थित जनमुखी उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा पुनः किशोर रेग्मी चयन भएका छन् । संस्थाको शनिवार सम्पन्न ११ औं साधारण सभा तथा छैटौं अधिवेशनले रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा श्यामबहादुर तामाङ, सचिवमा भक्तराम राना मगर, कोषाध्यक्षमा देवप्रसाद खनाल चयन भएका छन् । सदस्यहरुमा बिष्णुप्रसाद श्रेष्ठ, कल्पना पराजुली, ऋषिराम न्यौपाने, खडानन्द भट्ट, ज्ञानु अर्याल, रमा बस्नेत र हरिकृष्ण कट्टेल रहेका छन् । अधिवेशनबाट विश्वनाथ अर्यालको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति समेत गठन भएको छ । जसको सदस्यहरुमा माधवप्रसाद अर्याल र रामेश्वर कट्टेल रहेका छन् ।
संस्थाका अध्यक्ष रेग्मीको अध्यक्षता तथा गोरखा नगरपालिका प्रमुख कृष्ण रानाको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा गोनपा ७ का अध्यक्ष बिष्णुप्रसाद श्रेष्ठ, गोनपा ११ का अध्यक्ष रामबहादुर खड्का, जिल्ला सहकारी संघका उपाध्यक्ष रामबाबु श्रेष्ठ, उपभोक्ता सहकारी संघका अध्यक्ष भरतबहादुर बस्नेत लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहकारीका उपभोक्ता गणेशकुमार श्रेष्ठलाई सम्मानित भएका छन् । एक बर्षको अवधिमा सहकारीबाट करिव आठ लाख रकम बराबरको खुद्रा सामान खरिद गरेको भन्दै श्रेष्ठलाई सम्मान गरिएको संस्थाले जनाएको छ । श्रेष्ठ गोरखा नगरपालिका वडा नम्वर ७ का स्थानीय हुन् ।
त्यस्तै गोरखा नगरपालिका–८ कट्टेलडाँडाका कपिलबाबु कट्टेललाई पनि संस्थाले सम्मान गरेको छ । स्थापना कालदेखि हालसम्म संस्थालाई निरन्तर सहयोग गर्दै आएकाले उनलाई सम्मान गरिएको बताइएको छ । कार्यक्रममा अध्यक्ष रेग्मीको संस्थाको बार्षिक एवं भावी कार्ययोजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष देवप्रसाद खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।




