| मङ्लबार, कार्तिक २४, २०८३

अजिरकोटको सिम्जुङ महाभिर घ्याच्चोक सडक मंगलबारदेखि बन्द हुने

अजिरकोट गाउँपालिका–१ स्थित सिम्जुङ महाभिर घ्याच्चोक सडकखण्ड मंगलबारदेखि बन्द हुने भएको छ । वडाले एक सूचना जारी गर्दै मंगलबारबाट बिहान साढे ७ देखि बेलुका साढे ५ सम्म दैनिक १० घण्टा सडक बन्द हुने जनाएको हो ।

सो सडकखण्ड अन्तरगत मिलिम बुलबुले फोस्रे डाँडामा कटिङ गर्नुपर्ने भएकाले सो क्रममा सवारी आवागमन बन्द गर्न लागिएको वडाध्यक्ष मनोज गुरुङले बताए । ‘सबैखाले यातायातको साधान र मानिस आवतजावतसँगै पशु चौपाया चरण लगायत घाँस दाउरा गर्नका लागी अर्को सूचना जारी नभएसम्म बन्द रहने छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्