
गोरखा भ्रमण बर्षलाई सफल बनाऔँ
गोरखा नगरपालिकाले गोरखा भ्रमण बर्ष २०२५ को कार्यतालिका आइतवार सार्वजनिक ग¥यो । तर बिडम्वना पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित नगरले घोषणा गरेको भ्रमण बर्षका कार्यक्रममा केही नयाँपन देखिदैन । पर्यटन प्रवद्र्धनका ठोस रणनीतिक योजनाहरुको कमी देखिएको छ ।
पूर्व तयारीमा पनि नगरपालिका चुकेकै देखियो । यसरी योजना र तयारी विना हतारमा घोषणा गरिएको भ्रमण बर्षको उपलब्धी के होला ? अहिलेकै सन्दर्भमा यो प्रश्न खडा हुनुलाई अन्यथा लिन सकिदैन ।हुन त भ्रमण बर्ष घोषणा गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राख्नु राम्रै कार्य हो ।
यसले जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याई जिल्लाको आर्थिक पक्षलाई चलायमान बनाउन पनि सहयोग पुग्नेमा कुनै दुइ मत छैन । तर भ्रमण बर्ष भन्दै गर्दा केही नयाँ योजनाहरु ल्याउनुपथ्र्याे जसका कारण पर्यटकको आकर्षण बढाउन सकियोस् । एक बर्षको अवधिमा बिभिन्न संघसंस्थाद्धारा संचालन हुदैँ आएका गतिविधीलाई नै भ्रमण बर्षका कार्यक्रम भन्नु लज्जास्पद हो ।
हुन त केही नयाँ योजना र कार्यक्रम पनि नगरपालिकाले सार्वजनिक गरेको कार्यतालिकामा समावेश छन् । तर त्यसको पनि पूर्ण रुपमा तयारी भएको देखिदैन । कार्यान्वयन हुने नहुने अन्योल छ । ब्याच, बुकलेट बनाउदैमा पर्यटक आउछन् भन्ने भ्रम पाल्नु गलत हो । पदयात्रा र औपचारिक कार्यक्रमलाई नै पर्यटन प्रवद्र्धनको आधार मान्नु पनि बेकार छ । यस्तै कार्यक्रमले भरिएको भ्रमण बर्षको लगानी कतै वालुवामा पानी हुने त होइन ।
प्रभावकारी र उपलब्धीमूलक योजना छैनन् भन्दैमा निराश भइहाल्नुपर्ने अवस्था भने छैन । यसले जिल्ला भित्रने पर्यटकको संख्या अवश्य बृद्धि गर्ने छ । भ्रमण बर्षलाई समग्र जिल्लावासीले अपनत्व लिएर एक्यवद्धता जनाउनुपर्छ । र सफल बनाउन सम्पूर्ण जिल्लावासीले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरौ ।




