| मङ्लबार, कार्तिक २४, २०८३

रोटरी सामुदायिक संघको चौँथो सम्मेलन सम्पन्न

रोटरी डिस्ट्रिक ३२९२ अन्तरगतको रोटरी सामुदायिक संघ (डिस्ट्रिक आरसिसी) को चौँथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । शनिवारबाट गोरखामा सुरु भएको सम्मेलन आइतवार सम्पन्न भएको हो । रोटरी क्लब अफ गोरखा र रोटरी क्लब अफ बज्र मनासलुको समन्वयमा भएको सम्मेलनको एक कार्यक्रमकाबीच रोटरी डिस्ट्रिक ३२९२ का गर्भनर राजेन्द्रमान शेरचनले उद्घाटन गरेका थिए ।

कार्यक्रममा कान्तिपुर डेन्टल कलेजका प्रमुख डा. बुद्धिमान श्रेष्ठले मुख र दन्त सेवा सम्बन्धी सहजिकरण गरेका थिए । त्यस्तै प्रितम पौडेलले साकारात्मक सोच र पवनरमण खनालले बोल्ने कला सम्बन्धी प्रस्तुती दिएका थिए । कार्यक्रममा डा. रेवन्त कुमारको पनि प्रस्तुती रहेको थियो । कार्यक्रममा देशभरबाट करिव डेढ सयभन्दा बढीको सहभागीता रहेको बताइएको छ ।

कार्यक्रममा देशभरका सबै रोटरी क्लबको रोटरी सामुदायिक संघ खोल्ने निर्णय भएको रोटरी सामुदायिक संघ (डिस्ट्रिक आरसिसी) चियरपर्सन उत्तम खड्काले बताए । त्यस्तै रोटरी सामुदायिक संघ मार्फत बिभिन्न जिल्लामा भएका कामहरुबारे पनि जानकारी गराइएको बताइएको छ ।

कार्यक्रममा सहभागीले आ–आफ्नो जातजातीको भेषभूषा सहित सांस्कृतिक प्रस्तुती पनि प्रदर्शन गरेका थिए । रोटरी डिस्ट्रिक ३२९२ मातहत देशभर कुल १६० वटा क्लब छन् । ती मध्ये १४२ वटा रोटरी सामुदायिक संघ (आरसिसी) छन् । गोरखामा दुई वटा सामुदायिक संघ रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्