| मङ्लबार, कार्तिक २४, २०८३

मानवसेवा आश्रमका बालबालिकालाई न्यानो कपडा वितरण

मानवसेवा आश्रम गोरखाका बालबालिकालाई न्योनो कपडा वितरण गरिएको छ । रोटरी कलव अफ काठमाण्डौँ नर्थले शनिबार आश्रम पुगेर उनीहरुलाई कपडा वितरण गरेको हो ।

क्लवका अध्यक्ष प्रितम पौडेल, गोरखा नगरपालिका–९ लक्ष्मीबजार घरभई हाल काठमाण्डौँ बस्दै आएका भरत बहादुर थापा र जनुका थापको संयुक्त पहलमा आश्रमका ३६ जना बालबालिकाहरुलाई कपडा वितरण गरिएको बताइएको छ । बढ्दो चिसो मौसमलाई मध्यनजर गर्दै बालबालिकाहरुलाई स्वीटर, सुरुवाल, टोपी लगायत कपडाहरु वितरण गरिएको मानव सेवा आश्रम गोरखाले जनाएको छ ।

‘उहाँहरुले वर्षेनी बालबालिकारुलाई न्योनो कपडा दिँदै आउनु भएको छ’, आश्रमका अभिभावक आत्मराम श्रेष्ठले भने, ‘यसले स–साना बालबालिकाहरुलाई धेरै सहयोग पुगेको छ ।’

प्रतिक्रिया दिनुहोस्