| मङ्लबार, कार्तिक २४, २०८३

चर्चित ‘रोयल्स राईडर’ गोरखाको बारपाकमा

रोयल राइनोज क्लबका चर्चित मोटर भ्लगर्स ‘रोयल्स राईडर’ बारपाकमा आईपुगेको छ । रोयल इनफिल्ड वाईकको ‘ह्वील अन हिल्स्’ अर्थात पहाडमा पाङ्ग्रा नामक वार्षिक कार्यक्रम अन्तरगत उनीहरु मंगलवार बारपाक आईपुगेका हुन् ।

रोयल्स राईडर संस्था हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागी नेपालको पहाडी भेगहरुमा जाने गर्छ । सोही क्रममा अङग्रेजी नयाँ वर्ष २०२५ मनाउनका लागी उनीहरु यो पटक बारपाक पुगेका हुन् । बारपाक पुगेको रोयल्स राईडर टिमलाई मंगलबार राती भव्य कार्यक्रमका साथस्वागत गरिएको स्थानीय जितबहादुर घलेले बताए ।

‘भारतको र्दाजलिङ, सिक्किम र नेपालको धरानदेखि राईडरहरु आएका थिए’, उनले भने, ‘राईडमा १०७ वटा रोयल इनफिल्ड बाईक लिएर सहभागिता जनाएको थिए ।’ चर्चित भ्लगर्सहरु बारपाकमा आएसँगै त्यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्