
गोरखा अस्पतालका बिरामीलाई पोसिलो खानेकुरा वितरण
जेष्ठ नागरिक जिल्ला संघ गोरखाले अस्पतालका बिरामीहरुलाई पोसिलो खानेकुरा वितरण गरेको छ । चौथो जेष्ठ नागरिक दिवसको अवसर पारेर बिहिवार उनीहरुलाई पोसिलो खानेकुरा वितरण गरिएको हो ।
अस्पतालमा एक कार्यक्रमको आयोजना गरी सुत्केरीसहित ४३ जनालाई हर्लिक्स र बिस्कुट वितरण गरिएको संघका अध्यक्ष मोहनलाल श्रेष्ठले बताए । श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, सामाजिक विकास कार्यालयका निमित्त प्रमुख तुलसिङ गुरुङ लगायतको उपस्थिति रहेको थियो ।




