| मङ्लबार, कार्तिक २४, २०८३

आरुघाटमा वित्तीय संघीयता र स्थानीय योजना सम्बन्धी अभिमुखीकरण सम्पन्न

आरुघाटमा वित्तीय संघीयता तथा स्थानीय योजना सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । मंगलबार पालिकाको आयोजना तथा वित्त आयोगको समन्वयमा अभिमुखीकरण सम्पन्न भएको हो । पालिकाको जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागितामा सम्पन्न अभिमुखीकरणमा संघ तथा प्रदेशबाट आउने अनुदानहरुका बारेमा जानकारी गराइएको थियो ।

‘अभिमुखीकरणमा अनुदानहरु कसरी आउँछन्, किन कम आउँछन् लगायतका विषयमा छलफल भएको थियो’, पालिकाको प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले भने, ‘कार्यक्रमले हामी सबै कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता बिकास हुनुका साथै पालिकाको योजना तथा बजेट निर्माणमा समेत सहयोग पु¥याउनेछ ।’

कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडल सहित आयोगका अन्य सदस्यहरुले समेत अभिमुखिकरण गराएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्