
चुमनुब्री गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न हिउँदे अधिवेशनले गत साउन यता कार्यपालिका बैठकले गरेका निर्णयहरु अनुमोदन गरेको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए ।
बजेट, नीति तथा कार्यक्रम ल्याउने हुँदा असारमा हुने अधिवेशनलाई बजेट अधिवेशन र ऐन, कानूनहरु निर्माण गर्ने हुँदा पुसमा हुने अधिवेशनलाई विधेयक अधिवेशन भनिन्छ, । ‘तर हामीले आवश्यक प्राय सबै ऐन कानूनहरु ल्याइसकेको हुँदा कुनै नयाँ ऐन,कानूनहरु ल्याएनौँ’ लामिछानेले भने, ‘साउनयता कार्यपालिकाले निर्णय गरेका कुराहरुलाई अनुमोदन गरियो । त्यत्ति हो ।’




