
‘नेपालको सिमानाको इतिहास तथा यसको विवेचना’ विषयक विचार गोष्ठी सम्पन्न
नेपालको सिमानाको इतिहास तथा यसको विवेचना विषयक विचार गोष्ठी सम्पन्न भएको छ । गत शनिबार दण्डपाणि अर्ज्याल समृति केन्द्रको आयोजनामा विचार गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा सीमाविद बुद्धिनारायण श्रेष्ठले प्रस्तुत गरेको कार्यपत्रमाथि इतिहासकार दिनेशराज पन्त ,डा सुरेन्द्र केसी तथा अधिवक्ता स्वागत नेपालले टिप्पणी गरेका थिए ।
परराष्टविद् हिरण्यलाल श्रेष्ठ ,प्राडा धनबहादुर कुँवर ,डा राजाराम सुवेदी ,प्रा शिवहरि मरहठ्ठा लगायतका व्यक्तिले कार्यपत्रमाथि आफ्नो धारण व्यक्त गरेको आयोजकले जनाएको छ ।
संस्थाका अध्यक्ष ईश्वरचन्द बानियाँको अध्यक्षता तथा प्राध्यापक जयराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गोरखामा जन्मनुभएका नामित प्रतिमा दण्डपाणि अर्ज्याल इतिहास ,संस्कृति , समाजसेवा तथा शिक्षाको क्षेत्रमा राष्ट्रिय योगदान पु¥याएका व्यक्तित्वहरुको सहभागिाता रहेको थियो ।




