| मङ्लबार, कार्तिक २४, २०८३

अजिरकोटको कल्दुस्वाँरामा सामुदायिक बाल बिकास केन्द्र स्थापना

अजिरकोट गाउँपालिका–१ कल्दुस्वाँरामा सामुदायिक बाल बिकास केन्द्र स्थापना भएको छ । सो गाउँमा रहेका बालबालिकाहरुको पठनपाठनका लागि उक्त केन्द्र स्थापना गरिएको पालिकाले जनाएको छ ।
बिद्यालय टाढा हुदाँ पठनपाठन प्रभावित हुने गरेकाले गाउँमै बाल कक्षा संचालनका लागि केन्द्र स्थापना गरिएको शिक्षा शाखा प्रमुख सिताराम पन्तले बताए । ‘त्यो गाउँका बालबालिकाहरु पढ्नका लागि की जिवनज्योती मावि वालुवा पुग्नुपर्छ की मिर्लुङ आधारभूत बिद्यालय,’ उनले भने, ‘दुवै बिद्यालय पुग्न करिव एक घण्टाको बाटो हिड्नुपर्ने भएकाले बाल कक्षा पढ्ने साना बालबालिकालाई स्कुल जान आउन निकै समस्या थियो ।’ उनीहरुकै सहजताका लागि गाउँमै बाल केन्द्र स्थापना गरिएको उनले जानकारी दिए । सामुदायिक भवनमा स्थापना गरिएको केन्द्रको आइतवार गाउँपालिका अध्यक्ष दिपक देवकोटाले उद्घाटन गरेका छन् । बाल कक्षा संचालनका लागि पालिकाले अनुदानमा बाल कक्षा सहजकर्ता समेत नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्