| मङ्लबार, कार्तिक २४, २०८३

लागु औषध डाइजेपाम सहित एक व्यक्ति पक्राउ

नियन्त्रित लागु औषध डाइजेपाम सहित एक व्यक्ति पक्राउ परेको छ । इलाका प्रहरी कार्यलय आबुँखैरेनी तनहुँले सोमबार नियन्त्रित लागु औषध सहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुजारा नगरपालिका वडा नं १ रौतहटका २५ वर्षीय आशिष तामाङ रहेको प्रहरीले जनाएको छ । तामाङलाई प्रहरीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा जनकपुरबाट पोखरा तर्फ आँउदै गरेको बा.५.ख.८३१ नंबरको यात्रु बाहक बसमा नियन्त्रित लागु औषध सहित पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले लुकाई छिपाई ल्याएको अवस्थामा डाइजिपाम एम्पुल ५४ थान, फेनरगान एम्पुल ५८ थान र बुफेरनोफाइन् एम्पुल ४४ थान गरी जम्मा १५३ एम्पुल लागु औषध बरामद गरेको छ ।

उनलाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँबाट थप अनुसन्धान भईरहेको कार्यालयका जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्