| सोमवार, कार्तिक २३, २०८३

गोरखा बजारमा झ्याप्पझ्याप्प लाइन नजाने आशा

कुनै समय यस्तो थियो, २४ घण्टामा करिब १८ घण्टा लोडसेडिङ हुन्थ्यो । लोडसेडिङ नभएकै बेला पनि बेलाकुबेला बत्ती गइरहन्थ्यो । यो सकसबाट थोरै भने पनि राहत पाउन इन्भर्टर, ब्याट्री, सोलार प्रविधि, जेनेरेटर इत्यादि खरिद गर्नुपथ्र्यो ।
एउटा यस्तो समय आयो, नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत(सिईओ) बनेर कुलमान घिसिङ आए ।

कार्यभार सम्हाल्ने वित्तिकै उनले विद्युत प्राधिकरणमा भएको गडबडी समाप्त गरिदिए । त्यहाँ भइरहेको चुहावट, कमिशनको खेल, अनियमितता, घोटाला अन्त्य गरिदिए । अरु धेरै गरे र लोडसेडिङ आजसम्मका लागि अन्त्य गरिदिए । तैपनि हावाहुरी चलेका बेला, चट्याङ, पहिरो, आगलागी तथा अन्य प्राविधिक समस्या परेका बेला लाइन जानु, विद्युत अवरुद्ध हुनु अस्वभाविक भएन । तर योजनावद्ध रुपमा, निर्धारितसमयसम्म नियमित रुपमा विद्युत अवरुद्ध हुने अबस्थाको अन्त्य भयो ।

गोरखा जिल्लाको चुमनुब्रीबाहेक १० वटै पालिकामा विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन वितरण भएको छ । धार्चेका केही स्थानमा बाँकी हुनसक्छ । यी सबै ठाउँमा प्राय गोरखा सदरमुकामको मुख्य प्रशारण केन्द्रबाट वितरण भएका हुन् । छिमेकी जिल्ला आसपासका ठाउँहरुमा छिमेकी जिल्लाकै सबस्टेशनबाट वितरण भएका छन् ।

यसअघि गोरखा बजार र ग्रामीण क्षेत्रहरुमा पनि एउटै प्रशारण लाइनबाट विद्युत विस्तार भएको थियो । यसले गर्दा गाउँतिर कतै सानातिना रुख ढलेर लाइनमा लाग्यो, लाइनले रुखपात छोयो वा सानाठूला समस्या प¥यो भने पनि सहरमा समेत विद्युत विहिनताको अबस्था सिर्जना हुन्थ्यो ।

तर अब विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले गोरखा बजारका लागि अलग्गै प्रशारण लाइन बनाएको छ । यसबाट अब गाउँठाउँ दूरदराजमा विद्युत अवरुद्ध भयो भने त्यसको मार बजारबासीले भोग्नु पर्नेछैन । अर्थात अब गोरखा बजारमा नियमित रुपमा विजुली बत्ती आउने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्