| मङ्लबार, कार्तिक २४, २०८३

नेपाल लेखापढी कानुनी व्यवसायी एसोसिएसनको अध्यक्षमा श्रेष्ठ

नेपाल लेखापढी कानुनी व्यवसायी एसोसिएसन गोरखाको अध्यक्षमा नारायण श्रेष्ठ चयन भएका छन् । गत शनिबार पालुङटार नगरपालिका–२, लिगलिगकोटमा सम्पन्न २८ औँ वार्षिक साधारण सभा तथा आकस्मिक अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

यस्तै, उपाध्यक्षमा आशिक अर्याल, सचिवमा राजेन्द्र गान्धारी र कोषाध्यक्षमा विष्णुबहादुर कुँवर चयन भएका छन् । सदस्यहरुमा चुन बहादुर बस्नेत, सरस्वती गुरुङ र सिता थापा क्षेत्री चयन भएका छन् ।

एसोसिएसनको नवनिर्वाचित उपाध्यक्ष आशिक अर्यालको अध्यक्षता एवं नेपाल लेखापढी कानुनी व्यवसायीको केन्द्रिय उपाध्यक्ष सरोज देवकोटाको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्