| मङ्लबार, कार्तिक २४, २०८३

कुटपिटको आरोपमा तीन जना पक्राउ

गोरखा नगरपालिका–७ नयाँबजारका व्यवसायी सुवासबाबु श्रेष्ठ (सुन्दर) लाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नम्वर ६ का २६ बर्षीय सुब्बा गुरुङ, वडा नम्वर ७ का २६ बर्षीय मनिष गुरुङ र वडा नम्वर ५ का २७ बर्षीय अनिष ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीका अनुसार आइतवार राती करिव ९ बजेको समयमा मादक पदार्थ सेवन गरेर आएका उनीहरुले घर बाहिर बसिरहेका श्रेष्ठलाई एक्कासी कुटपिट गरेका थिए । कुटपिटबाट श्रेष्ठको दाहिने आँखा र शरिरका अन्य भागमा चोट लागेको प्रहरी नायव उपरीक्षक इन्द्र सुवेदीले बताए ।

‘मनिष भन्नेलाई घटना भएकै दिन पक्राउ ग¥यौँ,’ उनले भने, ‘बाँकी दुई जनालाई आज पक्राउ गरेका हौ ।’ उनीहरु बिरुद्ध सार्वजनिक हित बिरुद्धको कसूर (अभद्र व्यवहार) शीर्षकमा मुद्दा दर्ता भइ आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए । पीडित श्रेष्ठ गोरखा नगरपालिकाका कर्मचारी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्